कोशी ब्यारेजको मर्मत गरिँदै

इनरुवा। यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ। बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो। मुलुकको पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो। सप्तकोशीको पानी कोशी ब्यारेज माथिबाट बग्न थालेको थियो। बाढीका कारण ब्यारेजको […]
लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण […]
हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । हवाई इन्धनको मूल्य प्रति लिटर ६ रुपैयाँले घटेको छ । साबिकको मूल्यमा ६ रुपैयाँले हवाई इन्धनको मूल्य घटेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना निकालेर घटेको मूल्य अनुसार हुन आउने विभिन्न वृत्तखण्डको नयाँ मूल्यबारे जानकारी गराएको छ । बाढीपहिरो र चाडपर्वका कारण हवाई यात्रुको चाप बढेपछि यात्रुलाई सहुलियत दिन सरकारले हवाई […]
‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् । जिल्लाको बाणगंगा नगरपालिका–१ मा बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मृगौला रोगीको स्वास्थ्य उपचारका लागि सञ्चालन गरेको डायलाइसिस सेन्टरको आज उद्घाटन गर्दै उनले नागरिकलाई निरोगी बनाउँदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालसँग […]
डोटीमा भारतबाट चोरी भई नेपाल ल्याएको सुन बरामद, प्रहरीद्वारा धनीलाई हस्तान्तरण

नेपालगंज। डोटीमा भारतबाट चोरी भएर नेपाल ल्याएको सुन प्रहरीले बरामद गरी सम्बन्धित सुन धनीलाई फिर्ता गरेको छ । भारतको राज स्थान राज्य नागौर किशनगढ जिल्ला परवतसर स्थित एक घरबाट चोरी गरी नेपाल ल्याइएको ४१५ दशमलव ३७ ग्राम सुन जिल्ला प्रहरी कार्यालय डोटीले बिहीबार सुन धनी महेन्द्र सिहलाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ । जिल्लाको […]
बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

काभ्रेपलाञ्चोक। रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। विभागले बुधबारदेखि […]
ऊर्जा क्षेत्रमा सहकार्य बढाउने विषयमा बंगलादेशकी मन्त्री हसनको प्रधानमन्त्री ओलीसँग भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार […]