२०८३ बैशाख ८ मंगलवार

मासिक १ हजारमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कल दिंदै टेलिकम

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले मासिक एक हजार रुपैयाँमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कलको सुविधा पाउने भएका छन् । नयाँ इन्टरनेट प्रयोगकर्ताका लागि टेलिकमले प्रति वर्ष १२ हजार रुपैयाँमा यस्तो अफर दिन लागेको हो । यसअन्तर्गत ५० एमबीपीएसको इन्टरनेट, दैनिक ६०० एमबी मोबाइल डेटा, तीन हजार मिनेट भ्वाइस प्याक पाउन सकिन्छ । आईपीटिभीमा भने १८५ भन्दा बढी टिभी च्यानल उपलब्ध […]

दूरसञ्चार प्राधिकरणले १६ वर्षपछि थाल्यो मोबाइल सेवाको नयाँ लाइसेन्स जारी गर्ने तयारी

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ टेलिकम कम्पनी भित्र्याउने तयारी थालेको छ । नयाँ टेलिकम कम्पनीको लाइसेन्स जारी गर्ने विषयको सम्भाव्यता अध्ययन गर्न भन्दै गत साता प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले निर्देशक अम्बर स्थापितको अध्यक्षतामा एक समिति गठन गरेका हुन् ।  पाँच सदस्यीय समितिमा प्राधिकरणकै अर्का निर्देश सन्तोष पौडेल, उपनिर्देशक सुन्दर प्याकुरेल, उपनिर्देशक डा. प्रदीप […]

ग्राफिक्स डिजाइनिङका यी सेलिब्रेटी, जसले बनाए नेपाली फन्टदेखि फ्लिमका चर्चित पोस्टरसम्म

काठमाडौं । घरमा बुवा टाइपराइटरको काम गर्थे । छोरा आनन्द महर्जनले बुवाले गरेको काम हेर्दाहेर्दै टाइपराइटरमा नेपाली र अङ्ग्रेजी टाइप गर्न जानिसकेका थिए । फुर्सद भएको समयमा उनी बुवालाई सघाउन टाइपराइटरमा बसिहाल्थे । यो ०५९/६० सालतिरको कुरा हो । विस्तारै टाइपराइटर पुरानो हुँदै गयो । नेपालमा पनि नयाँ नयाँ प्रविधि भित्रिन थाले ।  महर्जनका बुवाले […]

एनसेल ग्राहकले अब एक महिनासम्म निःशुल्क पीआरबीटी राख्न सक्ने

काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई एक महिनासम्म निःशुल्क पीआरबीटी सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले ‘म्युजिक सधैं अन’ अन्तर्गत यस्तो सेवा ल्याएको हो ।  कम्पनीका अनुसार निःशुल्क पीआरबीटी एक्टिभेट गर्न *17211*0# डायल गर्नुपर्छ । त्यसपछि आफूलाई कस्तो म्युजिक मन पर्छ १ देखि ६ अङ्कमध्ये कुनै एक छनोट गर्नुहोस् । अब ३० दिनका लागि निःशुल्क […]

जापानले विकास गर्‍यो सिसाको झ्याललाई फाइभजीको टावर बनाइदिने प्रविधि

काठमाडौं । दूरसञ्चार प्रविधिमा अब्बल देशहरू अहिले गुणस्तरीय फाइभजी सेवा प्रदान गर्न तँछाडमछाड गरिरहेका छन् । तर विश्वभर फाइभजी नेटवर्कको विस्तार चुनौतीपूर्ण छ । उच्च फ्रिक्वेन्सीका सिग्नलहरू टाढासम्म फैलन नसक्नु नै फाइभजी विस्तारको ठूलो चुनौती हो । यसर्थ फोरजीभन्दा फाइभजीका बेस स्टेसन (टावर) धेरै राख्नुपर्ने हुन्छ ।  जापानमा यही समस्याको लागि टेलिकम कम्पनीहरूले नवीन समाधान निकालेका छन् । […]

आजदेखि काठमाडौंमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन

काठमाडौं। ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ। साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि […]

आइसिसी विश्वकप लिग–२ : नेपाली टोली घोषणा

काठमाडौँ। अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीका अन्य खेलाडीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, […]

साफ महिला च्याम्पियनसिप : नेपालको सामना भारतसँग

काठमाडौं। काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ। त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ। समूह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट […]

हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता

काठमाडौं। नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन्। इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आज आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उहाँ फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन्। बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट सहरमा रहेको […]

भारतविरुद्धको टेस्ट सिरिजमा न्युजील्याण्ड विजयी

काठमाडौं। भारतविरुद्धको टेस्ट सिरिज न्यूजील्याण्डले जितेको छ। न्यूजील्याण्डले लगातार दोस्रो जित हासिल गर्दै सिरिज आफ्नो नाम गरेको हो। न्यूजील्याण्डले दोस्रो टेस्ट ११३ रनले जितेर सिरिजमा लगातार दोस्रो जित हासिल गर्दै सिरिज जितेको हो। योसँगै भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज हारेको छ। यस टेस्टमा न्यूजील्याण्डले दिएको ३५९ रनको लक्ष्य पछाएको भारत २४५ रन बनाएर […]