२०८३ बैशाख ८ मंगलवार

पूर्वराजा ज्ञानेन्द्र शुक्रबार लुम्बिनी जाँदै

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । पुर्व राजा ज्ञानेन्द्रले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पुजा कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।

बालकुमारीमा मध्यरातमा विद्युत् सर्ट भएर आगलागी

काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् सर्ट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको छ । यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा […]

बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा

काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषयमा पेचिलो बन्दै गएको छ। सत्तारुढ दल कांग्रेस र एमालेबीच बीआरआईका विषयमा एकमत नभएपछि यो विषय पेचिलो बनेको हो। प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणका लागि बेइजिङ जाँदैछन्। प्रधानमन्त्री ओली र सत्तारुढ दल एमाले बीआरआई परियोजनाको कार्यान्वयनमा […]