आज ३४ औं अख्तियार स्थापना दिवस, एक वर्षमा २०१ मुद्दा दायर, आठ अर्ब ३५ करोड बिगो दाबी

काठमाडौं। भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औं वर्षमा प्रवेश गरेको छ। सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ। आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ। सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको […]
बुढानीलकण्ठमा प्रहरीको छापा, २३ जना पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ३ स्थित एक घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको छ। आइतबार राति अबेरसम्म गरिएको सर्च अप्रेशनको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो। अवैध अनलाइन जुवा, सट्टेबाजी लगायतका गतिविधि भइरहेको स्थानमा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो। काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले अनलाइन जुवा घरमा छापा मारिएको जानकारी दिए। […]