काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा हाजिर नगराउने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईँलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको थियो ।
सम्बन्धित समाचार : सामान्य प्रशासन मन्त्रालयले पठायो काठमाडौँ महानगरपालिकालाई पत्र, भन्यो –‘काम गर्न आवश्यक वातावरण बनाउनु’
तर, उक्त पत्र आउने बित्तिकै ‘अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालन गर्न’ माग गर्दै पत्राचार गरिएको हो ।
हेर्नुहोस् कामपाको पत्र :
