२०८३ बैशाख १९ शनिबार

ओली र देउवाबीच भेटवार्ता, सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटवार्ता भएको छ। भेटका क्रममा सरकारलाई कसरी थप बलियो बनाएर अघि बढ्ने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तन हुने अभिव्यक्ति […]

गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले संशोधित मापदण्ड केही समयका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो। अदालतले यसबारे छलफल गर्न दुवै पक्षलाई अर्को साता बाेलाएकाे छ। सरकारले अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा […]

दुर्गा प्रसाईंमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु

काठमाडौं । दुर्गा प्रसाईंमाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान अघाडि बढाएको छ। काठमाडौंको तीनकुनेमा ज्यान मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चलाउन खोजेको घटनामा प्रसाईंमाथि प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान सुरु गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको बताइएको छ। उनीविरूद्ध चैत १५ गते फिल्डमा खटिएका प्रहरी अधिकारीले ज्यान […]

त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई

काठमाडौं। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन्। पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो। विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले दिएको राजीनामा […]