२०८२ जेष्ठ ४ आईतवार

९५ लाख रूपैयाँसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले ९५ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-९ पिंगलास्थान सडकबाट दुइटा मोटरसाइकलमा सवार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष गुरूङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्।

उनीहरूको गतिविधि शंकास्पद भएपछि प्रहरीले झोला हेरेको थियो। त्यसभित्र ९५ लाख १७ हजार ५ सय रूपैयाँ फेला परेको हो।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। 

Nchl
 
Ncell

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर