२०८३ बैशाख ८ मंगलवार

गुणस्तरीय शिक्षाको व्यवस्था गरेर विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गरिनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस शिक्षा विभागले सोमबार यहाँ आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा उहाँले शिक्षा नै महत्त्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित […]

अनेरास्ववियुमा ३२ वर्षे उमेर हदले ४ जना उपाध्यक्ष र महासचिव अध्यक्षको दौडबाट आउट

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू भएसँगै ५ जना अध्यक्षका दाबेदारहरू आउट भएका छन् । नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेसँगै हालका चार जना उपाध्यक्षहरू र महासचिव अध्यक्षको दौडबाट आउट भएका हुन् । अब पाँच जना सचिवहरू अध्यक्षको दौडमा आउने भएका छन् । पाँचै जना […]

नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्।  सोमबार पाण्डेले स्पष्टीकरण बुझाएको गुरागाईंले जानकारी दिए। उनका अनुसार पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेका छन्।  ‘उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ,’ उनले भने, ‘उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको भन्ने छ। हामी […]

बलम्वुमा निर्माणधीन फ्लाइओभरको काम अन्तिम चरणमा (फोटोफिचर)

काठमाडाैं। काठमाडौंको बलम्वुमा निर्माण भइरहेको फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ। बलम्बु-सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो। हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ। निर्माणाधीन नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधनलाई राजमार्गबाट सुरुङमार्गमा पठाउनका लागि बलम्वुमा फ्लाइओभर निर्माण गरिएको हो। […]