२०८२ चैत्र २७ शुक्रबार

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नयाँ दिल्ली (बीबीसी) दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोट भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ।

दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६ः५५ उनीहरूलाई फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोट भएको जानकारी प्राप्त भएको थियो।

त्यसपछि छ वटा गाडीमा आगो लागेको बताइएको छ। त्यहाँ रोकिएका अन्य केही गाडीहरूमा पनि क्षति पुगेको भनिएको छ। दिल्ली अग्निनियन्त्रण एकाइका अनुसार उक्त क्षेत्रमा सात वटा दमकल पठाइएको थियो।

विस्फोटको कारणबारे जाँच भइरहेको प्रहरीले बताएको छ। भिडिओहरूमा जलेका गाडीबाट धुवाँ निस्किरहेको देखिन्छ।

दिल्ली प्रहरीले अहिलेसम्म के कारणले विस्फोटन भयो भन्ने बारे आफूले थाहा पाइनसकेको उल्लेख गरेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर