२०८३ बैशाख ३ बिहीबार

आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

नेपालग‌ंज । यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको छ । दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा सोमबार […]

सरकारले भन्यो- मध्यपूर्वका नेपालीहरूको सुरक्षा उच्च प्राथमिकतामा छ

काठमाडौं। परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएको छ। अमेरिकासँग इजरायल र इरानबीचको द्वन्द्वले मध्यपूर्वका विभिन्न देशहरूमा असुरक्षाको अवस्था सिर्जना गरेपछि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सचिव कमल प्रसाद ढकालले मध्यपूर्वमा विकसित पछिल्लो घट्नाक्रमलाई परराष्ट्रमन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए। उनले भने, […]

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ। मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले खाडी मुलुक जाने कामदारको श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएकोमा खाडी मुलुकमा बढ्दो तनावलाई मध्यनजर गर्दै […]