२०८३ जेष्ठ १६ शनिबार

नागरिकका आधारभूत समस्याले तात्यो संसद्: स्वास्थ्य, सुकुम्बासी र सडक सुरक्षामा सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुम्बासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायतका जनसरोकारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बैठकमा बोल्दै सांसदहरूले नागरिकको आधारभूत अधिकार र तत्कालीन संकट समाधानमा राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिए। बैठकमा सांसद ज्ञानु पौडेलले नागरिकको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा देशभर सहज र प्रभावकारी हुन […]

निर्वाचन प्रणाली र मतदाता नामावली सुदृढ गरिँदै: संसद्‌मा सरकारका दुई नयाँ संशोधन विधेयक

काठमाडौं। प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा दुई वटा महत्त्वपूर्ण संशोधन विधेयक दर्ता गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहले निर्वाचन प्रणाली र मतदाता व्यवस्थापन सुधार केन्द्रित दुई छुट्टाछुट्टै विधेयक दर्ता गराएका हुन्। प्रधानमन्त्री शाहले सरकार प्रमुखको हैसियतमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र गृहमन्त्रीको हैसियतमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ […]

लौकही सिटी हल उद्घाटनमा राष्ट्रपति पौडेल: ‘संघीयतामा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक छ’

सुनसरी। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक एवं गहन भएको बताएका छन्। सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता र जनचाहना अनुरूप विकासका कार्यहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिए। संघीय […]