काठमाडौंमा अधिकांश सहकारी निष्क्रियको संकेत, १,९१२ मध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रभित्र दर्ता भएका सहकारी संस्थामध्ये ठूलो संख्या अझै नवीकरण प्रक्रियामा नआएको देखिएको छ। आर्थिक वर्ष २०८२–८३ मा दर्ता रहेका १ हजार ९ सय १२ सहकारीमध्ये ६ सय ६७ वटा मात्र नवीकरण भएपछि महानगरले धेरै सहकारी संस्थागत नियमनभन्दा बाहिर रहेको वा निष्क्रिय अवस्थामा हुन सक्ने संकेत गरेको छ। सहकारी विभागले शुक्रबार कार्यवाहक […]
कावासोतीमा ट्रकको ठक्करबाट ७९ वर्षीय वृद्धको घटनास्थलमै मृत्यु, ट्रक नियन्त्रणमा

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)। कावासोती नगरपालिका–८, हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको ज्यान गएको छ। प्रहरीका अनुसार कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर खुल्न बाँकी रहेको ट्रकले पैदल हिँडिरहेका कावासोती–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि फरार भएको […]