सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् । प्रजातान्त्रिक बिचार समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका हुन् […]
खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै

काठमाडौँ । नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ । स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ ।
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ । […]
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?

काठमाडौँ । विकासोन्मुख राष्ट्रको शिक्षा बजेट कम्तीमा २० प्रतिशत हुनुपर्ने भनिन्छ । कतिपय विकसित देशहरूले शिक्षामा २० प्रतिशतभन्दा बढी बजेट छुट्याउँदै आएका छन् । नेपालमा पनि यो विषय वर्षौँदेखि उठ्दै आएको छ । तर कहिल्यै २० प्रतिशत बजेट पुगेन । यो आर्थिक वर्षमा ११ प्रतिशत हाराहारीमा शिक्षाको बजेट छ । तर सरकारी निकायहरूले भने संघ, प्रदेश […]
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग

काठमाडौं । किशोर किशोरीलाई सही मार्गमा अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । बियोन्ड बेजिङ समितिद्वारा शुक्रबार आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा. लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाजका कारण विद्यार्थीले नबढ्ने र शिक्षकले पढाउन नसक्ने वातावरणले […]
कथा : विवाह – खतिवडा

मैले विवाहको बारेमा केही सोच बनाएकै थिएन। एक्कासि विवाहको प्रस्ताव आउँदा मैले जवाफ दिनै सकिन। अकल्पनीय कुरा झ्वाट्ट आइपर्दा मान्छेले तुरुन्तै निर्णय लिएर जवाफ दिन गाह्रै हन्छ। म दिङ्लामा शिक्षण गर्थें। करिब पाँच वर्ष हुन लागेको थियो मैले शिक्षण गरेको। म स्थायी शिक्षक भई सकेको थिएँ। भोजपुरको दिङ्ला बालगुरु षडानन्दको जन्म थलो र कर्म थलो हो। दिंलालाई पवित्र भूमि […]
म कविता किन लेख्छु?

मेरो धर्ती-हृदय ‘कविता’ उब्जिने अन्न बाली माटो-पानी नवरस कला जोत्छ यो नीब-फाली बाह्रै मैना नियम-गतिले चल्छ सत्-काव्य-कर्म गर्दा आस्वादन रसिकले बुझ्छ सम्पूर्ण मर्म। रोपेँ आस्था हृदयतलमा गुञ्जियो राष्ट्रगान रोजेँ माटो प्रकृति पहिलो ब्युँझियो स्वाभिमान कोरीबाटी वन-तृण-लता पल्लवी केश चुल्ठा फुल्छन् बारी कवि र कविता कल्पना चेत सुल्टा। गाना गम्दै नय-नियमका सारमा रम्छु सारा आफ्नै बस्ती […]
सर्वोच्चले सरकारलाई सोध्यो- रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण सोधेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले मिश्रलाई थुनामा राख्नुको कारण सोध्दै बन्दीसहित उपस्थित हुन आदेश दिएको हो। मंगलबार मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी थिइन्। गत चैत्र १५ गते काठमाडौंको […]
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउँदैछिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि उनी नेपाल आउन लागेकी हुन् । कार्यक्रममा उनले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गर्नेछिन् । नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण […]
शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने

काठमाडौं । शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ। सन् २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले १००० करोडभन्दा बढी कमाइ गरेको थियो । मिड डेमा एउटा रिपोर्ट प्रकाशित भएको थियो । यशराज फिल्म्सले ‘पठान २’ मा काम गरिरहेको […]