२०८३ भाद्र १० बुधबार
[the_ad id="6228"]

हवाई इन्धनको मूल्य घट्यो

  काठमाडौँ । हवाई इन्धनको मूल्य प्रति लिटर ६ रुपैयाँले घटेको छ । साबिकको मूल्यमा ६ रुपैयाँले हवाई इन्धनको मूल्य घटेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना निकालेर घटेको मूल्य अनुसार हुन आउने विभिन्न वृत्तखण्डको नयाँ मूल्यबारे जानकारी गराएको छ । बाढीपहिरो र चाडपर्वका कारण हवाई यात्रुको चाप बढेपछि यात्रुलाई सहुलियत दिन सरकारले हवाई […]

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

  लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् । जिल्लाको बाणगंगा नगरपालिका–१ मा बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मृगौला रोगीको स्वास्थ्य उपचारका लागि सञ्चालन गरेको डायलाइसिस सेन्टरको आज उद्घाटन गर्दै उनले नागरिकलाई निरोगी बनाउँदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालसँग […]

डोटीमा भारतबाट चोरी भई नेपाल ल्याएको सुन बरामद, प्रहरीद्वारा धनीलाई हस्तान्तरण

  नेपालगंज। डोटीमा भारतबाट चोरी भएर नेपाल ल्याएको सुन प्रहरीले बरामद गरी सम्बन्धित सुन धनीलाई फिर्ता गरेको छ । भारतको राज स्थान राज्य नागौर किशनगढ जिल्ला परवतसर स्थित एक घरबाट चोरी गरी नेपाल ल्याइएको ४१५ दशमलव ३७ ग्राम सुन जिल्ला प्रहरी कार्यालय डोटीले बिहीबार सुन धनी महेन्द्र सिहलाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ । जिल्लाको […]

बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

काभ्रेपलाञ्चोक। रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। विभागले बुधबारदेखि […]

ऊर्जा क्षेत्रमा सहकार्य बढाउने विषयमा बंगलादेशकी मन्त्री हसनको प्रधानमन्त्री ओलीसँग भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको  भेटका अवसरमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार […]

अपहरण गरेर लिइयो फिरौती, हत्या गरेर फ्याँकियो शव

  काठमाण्डौ । भक्तपुरबाट एक पुरूषको अपहरण गरी हत्या भएको छ। हत्यापछि पाँचखाल नगरपालिका वडा नम्बर ८ को ४९ किलोमा एक जना पुरूषको शव फेला परेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार सार्वजनिक गरेको छ। असोज ६ गते बिहान साढे ८ बजे ४९ किलोमा कीर्तिपुर नगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय […]

समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ । यस वर्ष वैशाखदेखि हालसम्म अस्पताल आउँदाआउँदै र उपचारकै क्रममा सर्पदंशका १६ बिरामीको ज्यान गएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पारस पाण्डेले बताउनुभयो । समयमै सर्पले टोकेको थाहा नपाउँदा अस्पताल […]

लुम्विनी प्रदेश सरकारले सूचनाको हक कार्यान्वय गर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हकको पूर्ण रुपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । सूचनाको हक राष्ट्रिय महासंघको आयोजनामा दाङको लमहीमा सुरु भएको सूचनाको हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार खुला किताब भएको, सरकारले गर्न हरेक कामहरु पारदर्शी हुने स्पष्ट पार्नुभयो ।  सरकार […]