म कविता किन लेख्छु?

मेरो धर्ती-हृदय ‘कविता’ उब्जिने अन्न बाली माटो-पानी नवरस कला जोत्छ यो नीब-फाली बाह्रै मैना नियम-गतिले चल्छ सत्-काव्य-कर्म गर्दा आस्वादन रसिकले बुझ्छ सम्पूर्ण मर्म। रोपेँ आस्था हृदयतलमा गुञ्जियो राष्ट्रगान रोजेँ माटो प्रकृति पहिलो ब्युँझियो स्वाभिमान कोरीबाटी वन-तृण-लता पल्लवी केश चुल्ठा फुल्छन् बारी कवि र कविता कल्पना चेत सुल्टा। गाना गम्दै नय-नियमका सारमा रम्छु सारा आफ्नै बस्ती […]