२०८३ बैशाख ४ शुक्रबार

सर्वोच्चमा मुद्दा दायर गर्न पूर्णबहादुर खड्कालाई अख्तियारी

काठमाण्डौ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठकले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्न खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई आधिकारिकता […]

चुनावमा टिकटका आकांक्षी देउवा पक्षका नेताहरू गर्न थाले सभापति थापालाई फोन

काठमाण्डौ । कांग्रेसका सभापति गगन थापालाई उम्मेदवारका आकांक्षीहरूले फोन गर्न थालेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि सभापति थापालाई बधाईसहित जिल्ला-जिल्लाबाट नेताहरूले फोन गर्न थालेका हुन्। क्षेत्रीय कार्यसमिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका आकांक्षीमध्येबाटै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरिने कांग्रेसले जनाएको छ। यसका लागि सभापति थापासहित […]