मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना

नेपालगंज। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार)देशभरको मौसम साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै,आज दिउँसो बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको […]
सप्तकोशी नदीमा पानीको सतह बढ्यो, ३१ ढोका खोलियो

सुनसरी। सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ। आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो। प्रवक्ता […]
प्रधानमन्त्री ओलीले शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

थियानजिन (चीन)। प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि […]
‘कुलिङ अफ पिरियड’ छेडखानी छानबिन समितिको प्रतिवेदन कसरी कार्यान्वयनमा जान्छ ?

काठमाडौँ । ‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’को प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भन्नेबारे संघीय संसद सचिवालयले बुधबारमात्रै छलफल गर्ने भएको छ । नेपाली कांग्रेसका सांसद जीवन परियार सभापति रहेको छानबिन समितिले बुझाएको एक सय एक पेजको प्रतिवेदनमा कमजोरीबारे तीन […]
दैनिक कफी पिउँदा रगतमा चिनीको मात्रामा गर्छ यस्तो असर

काठमाडौँ । केही व्यक्तिहरू यस्ता पनि हुन्छन् जसलाई आँखा खुल्ने बित्तिकै तातो कफी नखाई हुन्न । कोही कोही त दिनभरि पनि बिच बिचमा कफी खाइरहन्छन् । तपाईंको बानी पनि यस्तै छ ? यदि छ भने यो लेख तपाईंको लागि हो । कफी एउटा पेय पदार्थ मात्रै होइन । धेरै मानिसहरूको लागि त यो ऊर्जाको स्रोत […]
प्रतिष्ठाको लडाइँ : अटो शोमा नाडा र नाइमाबिच कडा टक्कर

काठमाडौँ । अटो शोमा दुई संस्थाबिच कडा टक्कर देखिएको छ । अटो शोको १५औँ संस्करणसम्म अटोमोबााइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले एक छत्रराज गरिरहेको थियो । तर यो वर्षदेखि नाडाबाट टुक्रिएर बनेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले नाडाभन्दा पहिल्यै ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ गर्न लागेको छ । अटो क्षेत्रका दुई संस्थाबिच कुन […]
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते हुने

काठमाडौं। कक्षा १२ को ग्रेड वृद्धि अर्थात पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने बताए। सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। […]
कक्षा १२ को नतिजा सार्वजनिक : उत्तीर्ण ६१.१७ प्रतिशत, ननग्रेड ३८.८३ प्रतिशत

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरूले पाए आफ्नो तलब आफैं तोक्ने अधिकार

अनलाइन नेपाल खबर काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो । संघीय संसद्बाट पारित भएर गएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन १४ गते प्रमाणीकरण गरेका छन् । विधेयक प्रमाणीकरण […]
ससुरालीमा चार जनाको हत्या गरेका ज्वाइँको अवस्था गम्भीर

इटहरी। भोजपुरको रामप्रसादराई गाउँपालिका २ धोत्लेखानीमा आइतबार राति ज्वाई राजेन्द्र राईले सासुससुरासहित चार जनाको हत्या गरेका छन्। राजेन्द्रको अवस्था पनि गम्भीर रहेको छ। पारिवारिक झगडाले हिंसाको रुप लिँदा ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, मञ्जुका छोरी (राजेन्द्र राईकी श्रीमती) र सालोले ज्यान गुमाएका छन्। घटनामा राजेन्द्र राईले नै आफूले नै चारै जनालाई चक्कु प्रहार गरी […]