अनेरास्ववियुमा ३२ वर्षे उमेर हदले ४ जना उपाध्यक्ष र महासचिव अध्यक्षको दौडबाट आउट

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू भएसँगै ५ जना अध्यक्षका दाबेदारहरू आउट भएका छन् । नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेसँगै हालका चार जना उपाध्यक्षहरू र महासचिव अध्यक्षको दौडबाट आउट भएका हुन् । अब पाँच जना सचिवहरू अध्यक्षको दौडमा आउने भएका छन् । पाँचै जना […]
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्। सोमबार पाण्डेले स्पष्टीकरण बुझाएको गुरागाईंले जानकारी दिए। उनका अनुसार पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेका छन्। ‘उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ,’ उनले भने, ‘उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको भन्ने छ। हामी […]
बलम्वुमा निर्माणधीन फ्लाइओभरको काम अन्तिम चरणमा (फोटोफिचर)

काठमाडाैं। काठमाडौंको बलम्वुमा निर्माण भइरहेको फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ। बलम्बु-सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो। हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ। निर्माणाधीन नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधनलाई राजमार्गबाट सुरुङमार्गमा पठाउनका लागि बलम्वुमा फ्लाइओभर निर्माण गरिएको हो। […]
एमालेले जेठ १५ मा देशव्यापी गणतन्त्र दिवस उत्सवका रुपमा मनाउने

नेपालगन्ज । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले देशभरका सवैपालीकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनका लागि नेपाल जनसांस्कृतिक महासंघलाई […]
लियो जिल्ला परिषद् ३२५ एन नेपालको जिल्ला अध्यक्षमा कायस्थ निर्वाचित

नेपालगन्ज । लियो जिल्ला परिषद् ३२५ एन नेपालको जिल्ला अध्यक्षमा सिद्धार्थ कायस्थ निर्वाचित भएका छन् । महेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनबाट वर्ष २०२५/०२६ का लागि नेपालगन्जका सिद्दार्थ कायस्थ जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित भएका कायस्थ पश्चिम् नेपालका लगभग २४ जिल्लालाई नेतृत्व गर्नेछन । शतप्रतिशत भोट ल्याएर जिल्ला अध्यक्षमा निर्वाचित हुने कायस्थ पहिलो अध्यक्ष […]
वडास्तरिय हाजिरीजवाफमा कन्या आवि मानपुर प्रथम

जानकी (बाँके), १० जेष्ठ । बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मानपुर प्रथम भएको छ । समृद्धि फाउण्डेसन नेपालद्धारा आयोजित प्रतियोगितामा श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मानपुर प्रथम स्थान ल्याउन सफल भएको हो । प्रतियोगितामा श्री माध्यमिक विद्यालय […]
अर्थ मन्त्रालय प्रवेशमा कडाई

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरिएको छ। बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो। ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले तयारीका कार्य जारी छन्’, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा […]
पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ : ओली

पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनको पोखरामा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह […]
शिक्षक सेवा आयोगद्वारा निम्न माध्यमिक तहको परीक्षा केन्द्र सार्वजनिक

काठमाण्डौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको परीक्षा केन्द्र सार्वजनिक आज सार्वजनिक गरेको छ । यस वर्षको २०८२ जेठ १७ गते सञ्चालन हुने निम्न माध्यमिक तहको प्रथम पत्रको परीक्षा केन्द्र निर्धारण गरी आयोगको सूचना जारी गर्दै सार्वजनिक गरेको हो । यस वर्ष जम्मा निम्न माध्यमिक तहको शिक्षक पदमा ६८६ काेटामा ५७ हजार ९८८ जनाको […]
परराष्ट्र मन्त्री राणा जापान प्रस्थान

परराष्ट्र मन्त्री आरजु राणा जापान प्रस्थान गरेकी छन्। जापानको टोकियोमा बुधबारदेखि सुरू हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्ततासम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द […]