राप्ती नदी सिधनियाघाटमा पाँचौ संस्करण गंगा महाआरती

डुडुवा । बाँकेको राप्ती नदी सिधनियाघाटमा आज पाँचौ संस्करण गंगा महाआरती गरिएको छ । महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको पाइएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित सिधानीया घाट मन्दिरमा गंगा महाआरती समितिको आयोजनामा गंगा महा आरती भएको हो । बाँके जिल्लाका विभिन्न स्थानबाट आएका सर्वसाधारण भक्तजनले आज आइतबार महाआरतीको क्रममा गंगा माताको […]
नेपाल प्रहरीका आठ जना डिआइजीको सरुवा

काठमाडौं। नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन र काज सरुवा गरेको छ। प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको छ।
के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

अश्विन दानी यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन !’ जसको स्थापना सम्पूर्ण नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित […]
एनपीएल उद्घाटन खेल : जनकपुरसामू विराटनगर ८ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ। विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो। जनकपुरका लागि मिलन्थाले अविजित ७५ रन जोड्दै ठूलो योगदान पुर्याएका छन्। अलराउन्डर हर्ष थाकेरले २९ रन बनाउँदा कप्तान अनिलकुमार साहले ५ रन बनाए। […]
आत्मानन्द गोल्डकप: भाङबारी सेमिफाइनलमा

फिक्कल (इलाम)। झापाको भाङबारी स्पोर्टिङ क्लब जिल्लाको माङसेबुङमा जारी ‘१७ औँ संस्करणको आत्मानन्द गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ। आज माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको खेलमा आयोजक आत्मा–पवित्र खेलकुद समिति विरुद्ध ४–१ गोलको सानदार जित निकाल्दै भाङबारी सेमिफाइनल प्रवेश गरेको हो। जितका लागि भाङबारीका तर्फबाट पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र गिल्सन […]
बयानका लागि रविलाई आज काठमाडौं ल्याइँदै

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको छ। सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौं ल्याउने भएको हो। उनलाई काठमाडौं ल्याउन बुद्ध एयरको मंगलबार बिहान साढे ८ बजेको टिकट बुकिङ गरिएको बताइएको छ। कास्की जिल्ला […]
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग संचालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्बजनिक गरेको छ । एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरुलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको […]
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं २०८० फागुन १८ गते सफाइ दिएको थियो । विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाई आयोगले शुक्रबार […]
पूर्वराजा ज्ञानेन्द्र शुक्रबार लुम्बिनी जाँदै

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । पुर्व राजा ज्ञानेन्द्रले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पुजा कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।
बालकुमारीमा मध्यरातमा विद्युत् सर्ट भएर आगलागी

काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् सर्ट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको छ । यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा […]