बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा

काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषयमा पेचिलो बन्दै गएको छ। सत्तारुढ दल कांग्रेस र एमालेबीच बीआरआईका विषयमा एकमत नभएपछि यो विषय पेचिलो बनेको हो। प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणका लागि बेइजिङ जाँदैछन्। प्रधानमन्त्री ओली र सत्तारुढ दल एमाले बीआरआई परियोजनाको कार्यान्वयनमा […]
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु

दमौली (तनहुँ)। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३४८७ नंको बस र काठमाडौंबाट पोखरा आउँदै गरेको गण्डकी जिएए […]
मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं। नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ। नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ। यसअघि बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको थियो। फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा ३ खेलमा […]
सुर्या र बबी देओलको ‘कंगुवा’ को कमजोर ओपनिङ

दक्षिण भारतीय अभिनेता सुर्या र अभिनेता बबी देओलको फिल्म ‘कंगुवा’ ले भारतीय बक्स अफिसमा कमजोर सुरूआत गरेको छ। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार फिल्मले २२ करोडमा ओपनिङ गरेको छ। यसलाई फिल्मको हाइप अनुसार कमजोर ओपनिङ मानिएको छ। सुर्या र बबी देओलको फिल्मले ६० करोडमाथि ओपनिङ गर्ने फिल्मकर्मीको अपेक्षा थियो। फिल्ममा बबी देओललाई खुंखार भिलेन अवतारमा […]
उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
हुम्ला। हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुन लागेको उपाध्यक्ष पदको स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन्। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिकाअनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको […]
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

काठमाडौं। नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेकाअनुसार हालसम्म दर्ता भएका २० कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबार मूल्यको दुई प्रतिशत डिएसटी तिर्न थालेका हुन्। आर्थिक […]
भ्रष्टाचारको जड संसदीय व्यवस्था हो, यसलाई नफ्याँके जनताले राजालाई स्पेस दिन्छन्ः दीक्षित

काठमाडौं। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको लागि संसदीय व्यवस्था नै अभिश्राप बनेको बताएका हुन् । संसदीय व्यवस्था अन्त्य नभएसम्म पार्टी, नेता र व्यक्ति परिवर्तन गरेर कुनै फरक नपर्ने बताए । उनले […]
मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमान

काठमाडौं। यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ। किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ। केही […]
चन्द्रागिरिमा फेरि पोखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना…

काठमाडौं। तिहार बिदाको समयलाई सदुुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुुग्दा वातावरण थोरै घमाइलो थियो। वरिपरीका जंगललाई हुस्सुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन। स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए। यही बीचमा त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले भालेश्वर […]
तिहारको चौथो दिन आज गोरु, गोवर्द्धन र हली पूजा

काठमाडौं। कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ। यसैगरी वर्षभर गोरु जोत्ने हली […]