यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु

काठमाडौँ । मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु गरेको छ। राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग मायाको पहिचान नेपालले गरेको छ। नेपालमा पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गराउन सफल मायाको पहिचान नेपालले विभेदकारी निर्वाचन ऐन तत्काल संशोधन गरेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक […]
अहिलेसम्म १०० जना कर्मचारीलाई विभागीय कारबाही भएको छैन : अख्तियार प्रमुख राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अहिलेसम्म सरकारले १०० जना कर्मचारीलाई विभागीय कारबाही गर्न नसकेको बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी उनले निजामती सेवा ऐन २०४९ जारी भएको ३० वर्षभन्दा बढी लामो समयमा सम्बन्धित निकाय तथा विभागले १०० जना कर्मचारीलाई पनि विभागीय कारबाही गर्न नसकेको […]
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौं : मन्त्री गुप्ता

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन्। आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उनले बताएका हुन्। आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ […]
प्रधानमन्त्री ओलीको चीन भ्रमण : एक तिर, दुई निशाना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मंसिरको पहिलो हप्ता चीन भ्रमणमा जाने तयारी गरेका छन्। प्रधानमन्त्री बनेपछि भारतको भ्रमण गर्ने पुरानै परम्परा रहे पनि यसपटक ओलीलाई भारतले महत्व नदिएपछि उनी चीन जाने तयारीमा लागेका हुन्। यो भ्रमणमार्फत ओलीले केही निश्चित उद्देश्यहरु पूरा गर्ने तयारी गरेको विश्लेषण गरिएको छ। प्रधानमन्त्री बनेपछि भारतबाट महत्व नपाएका ओलीको चीन भ्रमणको […]
तिमी जस्तो इमानदार बुहारी बन्न सकिएन!

‘तिमीले आफ्नो सासूलाई किन यतिधेरै सम्मान दिन्छौ हँ बैनी?,’ मैले तिजको बेलामा हजुरआमालाई किनेको साडी देखाउँदा एक जना दिदीले प्रश्न गरिन्। ‘सासू भनेको सासू नै हुन् है, तिमीले आफ्नो माइतको आमालाई पनि किनिदेऊ त?,’ फेरि प्रश्न गरिन्। ‘मेरो आमा गाउँमा हुनुहुन्छ, मेरो बुहारीले मैलेभन्दा बढी माया गर्छिन्, बुहारीले भरिपूर्ण पार्छिन मैले त भेटेको बेलामा दिने मात्रै हो,’ मेरो कुरामा […]
आइसिसी क्रिकेट विश्वकप लिग-२: नेपाल अमेरिकासँग पराजित

काठमाडौं। नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ। जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो। अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले दिएको २ सय ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय […]
मासिक १ हजारमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कल दिंदै टेलिकम

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले मासिक एक हजार रुपैयाँमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कलको सुविधा पाउने भएका छन् । नयाँ इन्टरनेट प्रयोगकर्ताका लागि टेलिकमले प्रति वर्ष १२ हजार रुपैयाँमा यस्तो अफर दिन लागेको हो । यसअन्तर्गत ५० एमबीपीएसको इन्टरनेट, दैनिक ६०० एमबी मोबाइल डेटा, तीन हजार मिनेट भ्वाइस प्याक पाउन सकिन्छ । आईपीटिभीमा भने १८५ भन्दा बढी टिभी च्यानल उपलब्ध […]
दूरसञ्चार प्राधिकरणले १६ वर्षपछि थाल्यो मोबाइल सेवाको नयाँ लाइसेन्स जारी गर्ने तयारी

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ टेलिकम कम्पनी भित्र्याउने तयारी थालेको छ । नयाँ टेलिकम कम्पनीको लाइसेन्स जारी गर्ने विषयको सम्भाव्यता अध्ययन गर्न भन्दै गत साता प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले निर्देशक अम्बर स्थापितको अध्यक्षतामा एक समिति गठन गरेका हुन् । पाँच सदस्यीय समितिमा प्राधिकरणकै अर्का निर्देश सन्तोष पौडेल, उपनिर्देशक सुन्दर प्याकुरेल, उपनिर्देशक डा. प्रदीप […]
ग्राफिक्स डिजाइनिङका यी सेलिब्रेटी, जसले बनाए नेपाली फन्टदेखि फ्लिमका चर्चित पोस्टरसम्म

काठमाडौं । घरमा बुवा टाइपराइटरको काम गर्थे । छोरा आनन्द महर्जनले बुवाले गरेको काम हेर्दाहेर्दै टाइपराइटरमा नेपाली र अङ्ग्रेजी टाइप गर्न जानिसकेका थिए । फुर्सद भएको समयमा उनी बुवालाई सघाउन टाइपराइटरमा बसिहाल्थे । यो ०५९/६० सालतिरको कुरा हो । विस्तारै टाइपराइटर पुरानो हुँदै गयो । नेपालमा पनि नयाँ नयाँ प्रविधि भित्रिन थाले । महर्जनका बुवाले […]
एनसेल ग्राहकले अब एक महिनासम्म निःशुल्क पीआरबीटी राख्न सक्ने

काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई एक महिनासम्म निःशुल्क पीआरबीटी सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले ‘म्युजिक सधैं अन’ अन्तर्गत यस्तो सेवा ल्याएको हो । कम्पनीका अनुसार निःशुल्क पीआरबीटी एक्टिभेट गर्न *17211*0# डायल गर्नुपर्छ । त्यसपछि आफूलाई कस्तो म्युजिक मन पर्छ १ देखि ६ अङ्कमध्ये कुनै एक छनोट गर्नुहोस् । अब ३० दिनका लागि निःशुल्क […]