२०८३ बैशाख ८ मंगलवार

सुर्या र बबी देओलको ‘कंगुवा’ को कमजोर ओपनिङ

दक्षिण भारतीय अभिनेता सुर्या र अभिनेता बबी देओलको फिल्म ‘कंगुवा’ ले भारतीय बक्स अफिसमा कमजोर सुरूआत गरेको छ। 

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार फिल्मले २२ करोडमा ओपनिङ गरेको छ। यसलाई फिल्मको हाइप अनुसार कमजोर ओपनिङ मानिएको छ। सुर्या र बबी देओलको फिल्मले ६० करोडमाथि ओपनिङ गर्ने फिल्मकर्मीको अपेक्षा थियो।

फिल्ममा बबी देओललाई खुंखार भिलेन अवतारमा देखाइएको छ। फिल्ममा उनी अबरार पात्रको भूमिकामा देखिनेछन्। उनको १५ देखि २० मिनेटको भूमिका रहेको बताइएको छ। 

शिवले निर्देशन गरेको फिल्ममा सुर्या र बबीसँगै दिशा पाटनी, योगी बाबू, प्रकाश राज, जगपति बाबुको मुख्य भूमिका छ। फिल्मलाई निशद युसुफले छायांकन गरेका हुन्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर