२०८३ बैशाख ३ बिहीबार

रामनगर पाझामा आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ को रामनगर पाझा गाउँमा सोमबार अपरान्ह आगलागी हुँदा चार घर जलेका छन् ।

अपरान्ह भएको आगलागीमा स्थानीय बाँकेलाल यादव, लल्लन यादव, सावितराम गोडिया र बाबादिन गोडियाको घर जलेको हो । आगलागीबाट करिव दश लाख बराबरको क्षति भएको पीडितले बताएका छन् । 

आगलागीले घरमा पूर्ण क्षति हुनुका साथै खाद्यान्न, लत्ताकपडा र नगद रूपैयाँ जलेको छ ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर