२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

कलैयाबाट बेपत्ता २ वर्षीया बालिका सकुशल भेटिइन्

बारा, ७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१ कटिपर्साकी २ वर्षीया बिन्दी मण्डल बेपत्ता भएको केही घण्टापछि सकुशल फेला परेकी छन्। रातभर खोजीपछि सडक किनारको नालामा रोइरहेको अवस्थामा उद्धार    स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझ करिब ५ः३० बजेतिर आफ्नै घरबाट हराएकी थिइन्। बालिका बेपत्ता भएपछि परिवार, स्थानीयवासी र प्रहरीले खोजी अभियान तीव्र बनाएका थिए। […]

धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्रसँग गरे भेटवार्ता

काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। हिमानी ट्रस्टको कार्यक्रममा सहभागी भएपछि राणाले पूर्वराजासँग भेट गरेको बताइएको छ।   भेटपछि राणाले सामाजिक सञ्जालमा पूर्वराजासँगको तस्बिर सार्वजनिक गर्दै भेटवार्ता फलदायी रहेको उल्लेख गरेका छन्। भेटका क्रममा पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको संकेत उनले दिएका छन्।   राप्रपाबाट […]

प्रेस युनियन बाँकेको अध्यक्षमा कमल खत्री निर्वाचित

नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा कमल खत्री निर्वाचित भएका छन्। नेपालगन्जमा भाद्र ६ गते सम्पन्न जिल्ला अधिवेशन तथा १३औँ साधारणसभाले खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।   यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका खत्रीले अब आगामी कार्यकालका लागि अध्यक्षको नेतृत्व सम्हाल्ने भएका छन्।   नवनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा खडकबहादुर खत्री र महिला उपाध्यक्षमा निशा शाह चयन […]

विद्यालयबाट घर फर्किने क्रममा बाढीमा परेकी सुमित्राको शव आज बिहान भेटियो

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा फेला परेको छ।   मंगलबार साँझ विद्यालयबाट घर फर्किने क्रममा सुमित्रासहित चार जना बालिका अचानक खहरेमा आएको बाढीमा बगेका थिए। त्यसपछि सुरक्षाकर्मीको टोलीले उनीहरूको खोजी तथा उद्धार अभियान सञ्चालन गर्दै आएको थियो।   खोजीमा खटिएको सुरक्षाकर्मीको टोलीले सुमित्राको शव आज बिहान राप्ती खोलामा फेला पारेको […]

सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

सर्लाहीको हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।   प्रहरीका अनुसार दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका–३ का ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको हो।   दुर्घटनामा प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक […]

कागेश्वरी मनोहराबाट ३२.५८० ग्राम खैरो हेरोइन बरामद, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट प्रहरीले ३२.५८० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले नगद ४ लाख रुपैयाँ, डिजिटल तराजु र मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।   लागुऔषध कारोबारमा संलग्न हुन सक्ने व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट परिचालित प्रहरी टोलीले भदौ २ गते उनीहरूलाई पक्राउ […]

किभमा रुसी मिसाइल आक्रमण, ५ जनाको मृत्यु २३ जना घाइते

काठमाडौं । रूसले युक्रेनमाथि गरेको पछिल्लो रात्रीकालीन मिसाइल आक्रमणमा राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा ५ जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन्।   युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार आक्रमणका क्रममा आवासीय संरचना र गोदामलगायत क्षेत्रमा क्षति पुगेको छ। आक्रमणपछि उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ। उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजी […]

दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

दाङ । घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने अटोमा सवार अन्य दुई जना घाइते भएका छन्।   प्रहरीका अनुसार गत ३ गते साँझ करिब ८ बजे सौडियारबाट सर्रातर्फ जाँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ गइरहेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो […]

सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुँदै, १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम तयारी

३ भदौ, सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्तिलाई थप स्थिर र भरपर्दो बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा पुगेको छ।   करिब १ अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको प्रसारणलाइन गत ३० साउनमा चार्ज गरिसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। लालबन्दी नगरपालिका–१ नवलपुरस्थित ग्रिड सबस्टेसनबाट चक्रघट्टा गाउँपालिका–७ चैनपुरामा निर्माण भइरहेको […]

सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।   माथिल्लो भागबाट लगातार पहिरो खसिरहेको हुँदा तत्काल सडक खुलाउन समस्या भइरहेको जनाइएको छ। घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहित ५ जनाको टोली खटिएको छ।   सडकमा खसेको पहिरो […]