२०८३ भाद्र २५ बिहीबार
[the_ad id="6228"]

भोटेकोसी बाढीपीडितका लागि कर्णाली सरकारको २ करोड सहयोग

सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

 

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिएका छन्।

 

बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका कार्य सञ्चालन गर्नुका साथै क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र आगामी दिनमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले रकम प्रदान गर्न लागिएको मन्त्री पछाईले बताएका छन्।

 

यसैबीच, मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘शिक्षा क्षेत्र योजना, २०८३–२०९२’ समेत स्वीकृत गरेको छ।

 

प्रदेशको शिक्षा क्षेत्रलाई आगामी १० वर्षसम्म योजनाबद्ध र व्यवस्थित रूपमा अघि बढाउने लक्ष्यसहित तयार गरिएको उक्त योजनालाई प्रदेश सरकारले औपचारिक रूपमा अनुमोदन गरेको हो।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर