२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

प्रेस युनियन बाँकेको अध्यक्षमा कमल खत्री निर्वाचित

नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा कमल खत्री निर्वाचित भएका छन्। नेपालगन्जमा भाद्र ६ गते सम्पन्न जिल्ला अधिवेशन तथा १३औँ साधारणसभाले खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

 

यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका खत्रीले अब आगामी कार्यकालका लागि अध्यक्षको नेतृत्व सम्हाल्ने भएका छन्।

 

नवनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा खडकबहादुर खत्री र महिला उपाध्यक्षमा निशा शाह चयन भएका छन्। खडक यसअघि कोषाध्यक्षको जिम्मेवारीमा थिए भने शाह दोस्रो कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

 

समावेशी उपाध्यक्षमा मोहम्मद अरशद शेष राई निर्वाचित भएका छन्। सचिवमा भिष्म लोध पुनः चयन भएका छन्। कोषाध्यक्षमा सिद्धार्थ पाण्डे, सहसचिवमा अभिषेक गुप्ता तथा महिला सहसचिवमा साबित्री विश्वकर्मा निर्वाचित भएका छन्।

 

सदस्यतर्फ खुला सदस्यमा बिनोदकुमार बर्मा र सौरभ राना चयन भएका छन्। महिला सदस्यमा निर्मला गोसाई, लीला चौधरी, सुविता थारु र बसन्ती शाही निर्वाचित भएका छन्। समावेशी सदस्यमा प्रेम सिंह एसके, अमित गुप्ता र कुलेन्द्र विश्वकर्मा चयन भएका छन्।

 

 

शाह र बिरहीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

 

 

नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेका दुई राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार समिरजंग शाह र हरिहर बिरहीलाई प्रदान गरिएको छ।

 

नेपालगन्जमा सम्पन्न युनियनको अधिवेशन तथा साधारणसभाका क्रममा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष समिरजंग शाहलाई प्रदान गरिएको हो।

 

त्यस्तै, प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त ‘चाचाजी’ राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष हरिहर बिरहीलाई प्रदान गरिएको छ।

 

दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ। पुरस्कार प्रमुख अतिथि कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी र स्वर्गीय पन्नालाल गुप्त स्मृति प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताले संयुक्त रूपमा प्रदान गरेका थिए।

 

यस अवसरमा स्वर्गीय जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कार नवीन गिरी, प्रेस युनियन क्रियाशील पत्रकारिता पुरस्कार टेकेन्द्र बस्याल तथा प्रेस युनियन उदीयमान पत्रकारिता पुरस्कार लीला चौधरीलाई प्रदान गरिएको छ।

 

कार्यक्रममा युनियन बाँकेका साधारण सदस्य तथा स्वयंसेवी रक्तदाता पवन जायसवाललाई ‘शतक रक्तदाता सम्मान’ समेत प्रदान गरिएको थियो।

 

साधारणसभाको सञ्चालन युनियन बाँकेका सचिव भिष्म लोधले गरेका थिए। कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारायण गौडेलसहित सम्मानित व्यक्तित्व समिरजंग शाह र हरिहर बिरही, नेपाल प्रेस युनियनका पदाधिकारी तथा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर