कलैयाबाट बेपत्ता २ वर्षीया बालिका सकुशल भेटिइन्

बारा, ७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१ कटिपर्साकी २ वर्षीया बिन्दी मण्डल बेपत्ता भएको केही घण्टापछि सकुशल फेला परेकी छन्। रातभर खोजीपछि सडक किनारको नालामा रोइरहेको अवस्थामा उद्धार स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझ करिब ५ः३० बजेतिर आफ्नै घरबाट हराएकी थिइन्। बालिका बेपत्ता भएपछि परिवार, स्थानीयवासी र प्रहरीले खोजी अभियान तीव्र बनाएका थिए। […]
धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्रसँग गरे भेटवार्ता

काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। हिमानी ट्रस्टको कार्यक्रममा सहभागी भएपछि राणाले पूर्वराजासँग भेट गरेको बताइएको छ। भेटपछि राणाले सामाजिक सञ्जालमा पूर्वराजासँगको तस्बिर सार्वजनिक गर्दै भेटवार्ता फलदायी रहेको उल्लेख गरेका छन्। भेटका क्रममा पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको संकेत उनले दिएका छन्। राप्रपाबाट […]
प्रेस युनियन बाँकेको अध्यक्षमा कमल खत्री निर्वाचित

नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा कमल खत्री निर्वाचित भएका छन्। नेपालगन्जमा भाद्र ६ गते सम्पन्न जिल्ला अधिवेशन तथा १३औँ साधारणसभाले खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका खत्रीले अब आगामी कार्यकालका लागि अध्यक्षको नेतृत्व सम्हाल्ने भएका छन्। नवनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा खडकबहादुर खत्री र महिला उपाध्यक्षमा निशा शाह चयन […]