सुनको भाउ फेरि बढ्यो, तोलामा ३,६०० रुपैयाँ वृद्धि

काठमाडौं — गत शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। गत साता लगातार पाँच दिनमा सुनको मूल्य २४ हजार २ सय रुपैयाँले […]
अछाममा अटो दुर्घटना ४८ वर्षीय पुरुषको मृत्यु

मंगलसेनमा ओरालोमा अनियन्त्रित भएको अटो सडकमा पल्टिँदा एक जनाको ज्यान गएको छ। अछामको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा मंगलसेन नगरपालिका–३ लाछीमानाका ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो। प्रहरीका अनुसार २०८३ साउन ३० गते बिहान करिब ११:३० बजे लाछीमानाबाट मंगलसेनतर्फ आउँदै गरेको सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा […]
नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

नुवाकोटमा अनियन्त्रित बसले पार्किङमा राखिएको ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङ**मा शुक्रबार बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो। प्रहरीका अनुसार २०८३ साउन ३० गते बिहान करिब ८:२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकछेउ रोकिराखिएको बा.प्र.३–००१ […]
कर्तव्य ज्यान मुद्दामा ४३ वर्षदेखि फरार प्रतिवादी पक्राउ, पुजारीको भेषमा मन्दिरमा लुकेर बसेका थिए

सिरहामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ स्थित आफ्नै गाउँको मन्दिरबाट उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार मिति २०४१ वैशाख १ गते सिरहाको साविक खरुक्याही गाविस–४ मा बैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा रजिन्द्र […]
थाइल्याण्डबाट नेपाल भित्र्याइएको ३.२ किलो थाई गाँजा बरामद, भारतीय नागरिकसहित दुई जना पक्राउ

काठमाडौँबाट भैरहवा पठाइएको पार्सलमा लुकाएर ल्याइएको थाई गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले थाइल्याण्डबाट काठमाडौं हुँदै भैरहवा पठाइएको शंकास्पद पार्सलबाट ३ किलो २ सय ग्राम थाई गाँजा बरामद गरेको छ। पार्सलमा गाँजा लुकाएर पठाइएको सूचना प्राप्त भएपछि ब्युरोको टोलीले निगरानी तथा चेकजाँच अघि बढाएको थियो। ब्युरोका अनुसार २०८३ साल साउन २४ […]
रोल्पाको पहिरो अपडेटः- ५ जनाको मृत्यु, २ जना घाइते, ८ जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने ८ जना अझै बेपत्ता छन्।** प्रहरीले बेपत्ता भएका व्यक्तिहरूको पहिचानसमेत खुलाएको छ। पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन […]
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते र १० जना बेपत्ता भएका छन्। बुधबार राति करिब ८:४० बजे माथिबाट अचानक खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएको प्रहरीले जनाएको छ। घटनाको […]
सर्लाहीमा स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो। प्रहरीका अनुसार स्कुटरको डिकी, विभिन्न भाग तथा […]
रौतहटमा नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये दुईको शव भेटियो, एक अझै बेपत्ता

रौतहट । लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ भने एक बालिका अझै बेपत्ता रहेकी छन्। देवाही गोनाही नगरपालिका–२, लक्षमिनिया टोल नजिकै मंगलबार दिउँसो करिब २ बजे नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं […]
जापान पठाउने प्रलोभन देखाउँदै ११५ जनाबाट २ करोड ८० लाख असुली, कन्सल्टेन्सीका CEO पक्राउ

काठमाडौं । जापान पठाइदिने भन्दै ठूलो रकम असुलेर ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनी Gatsby International Pvt. Ltd. का CEO रहेको प्रहरीले जनाएको छ। वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा बुढाथोकीलाई २०८३ […]