२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

नुवाकोटमा अनियन्त्रित बसले पार्किङमा राखिएको ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

 

नुवाकोटको शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङ**मा शुक्रबार बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो।

 

प्रहरीका अनुसार २०८३ साउन ३० गते बिहान करिब ८:२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकछेउ रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानमा ठोक्किएको थियो।

 

ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए। दुर्घटनामा पाँच जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याइएका घाइतेमध्ये दुई जनालाई चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन्।

 

मृत्यु हुनेमा

 

कृष्णमाया प्रजापती डंगोल, ५४ वर्ष, बनेपा नगरपालिका–८, काभ्रेपलाञ्चोक

उदयमाया खत्री, ६५ वर्ष, ठाडादेवी गाउँपालिका–२, रामेछ

 

घाइते हुनेमा

 

सुजता पोखरेल, २५ वर्ष, लालबन्दी नगरपालिका–९, सर्लाही; हाल काँडाघारी, काठमाडौं — अवस्था मध्यम

सर्मिला श्रेष्ठ, ४२ वर्ष, बनेपा नगरपालिका–१०, काभ्रेपलाञ्चोक — अवस्था मध्यम

ज्ञानु श्रेष्ठ, ६० वर्ष, मेलुङ गाउँपालिका–६, दोलखा; हाल काँडाघारी, काठमाडौं — अवस्था मध्यम

 

तीनै जना घाइतेको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर