दाङ । घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने अटोमा सवार अन्य दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार गत ३ गते साँझ करिब ८ बजे सौडियारबाट सर्रातर्फ जाँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ गइरहेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा अटोमा सवार तीन जना घाइते भएका थिए। घाइतेमध्ये घोराही उपमहानगरपालिका–५ बसन्तपुर निवासी ४५ वर्षीय अटो चालक विनोद पौडेलको उपचारका क्रममा मृत्यु भएको हो। उनको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा ४ गते बिहान २:४५ बजे ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको अवस्था मध्यम रहेको बताइएको छ। उनीहरूको उपचार भइरहेको छ।
घटनापछि प्रहरीले ट्याक्टर र चालक घोराही उपमहानगरपालिका–१७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








