२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

 

माथिल्लो भागबाट लगातार पहिरो खसिरहेको हुँदा तत्काल सडक खुलाउन समस्या भइरहेको जनाइएको छ। घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहित ५ जनाको टोली खटिएको छ।

 

सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको छ। पहिरो खस्ने क्रम रोकिएलगत्तै सडकमा रहेको पहिरो हटाउन JCB परिचालन गर्ने तयारी अवस्थामा राखिएको जनाइएको छ।

 

उक्त स्थान प्रहरी चौकी दोभानबाट करिब १ किलोमिटर दक्षिणतर्फ पर्ने बताइएको छ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर