सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुँदै, १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम तयारी

३ भदौ, सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्तिलाई थप स्थिर र भरपर्दो बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा पुगेको छ। करिब १ अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको प्रसारणलाइन गत ३० साउनमा चार्ज गरिसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। लालबन्दी नगरपालिका–१ नवलपुरस्थित ग्रिड सबस्टेसनबाट चक्रघट्टा गाउँपालिका–७ चैनपुरामा निर्माण भइरहेको […]
सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। माथिल्लो भागबाट लगातार पहिरो खसिरहेको हुँदा तत्काल सडक खुलाउन समस्या भइरहेको जनाइएको छ। घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहित ५ जनाको टोली खटिएको छ। सडकमा खसेको पहिरो […]