कर्तव्य ज्यान मुद्दामा ४३ वर्षदेखि फरार प्रतिवादी पक्राउ, पुजारीको भेषमा मन्दिरमा लुकेर बसेका थिए

सिरहामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ स्थित आफ्नै गाउँको मन्दिरबाट उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार मिति २०४१ वैशाख १ गते सिरहाको साविक खरुक्याही गाविस–४ मा बैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा रजिन्द्र […]
थाइल्याण्डबाट नेपाल भित्र्याइएको ३.२ किलो थाई गाँजा बरामद, भारतीय नागरिकसहित दुई जना पक्राउ

काठमाडौँबाट भैरहवा पठाइएको पार्सलमा लुकाएर ल्याइएको थाई गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले थाइल्याण्डबाट काठमाडौं हुँदै भैरहवा पठाइएको शंकास्पद पार्सलबाट ३ किलो २ सय ग्राम थाई गाँजा बरामद गरेको छ। पार्सलमा गाँजा लुकाएर पठाइएको सूचना प्राप्त भएपछि ब्युरोको टोलीले निगरानी तथा चेकजाँच अघि बढाएको थियो। ब्युरोका अनुसार २०८३ साल साउन २४ […]
रोल्पाको पहिरो अपडेटः- ५ जनाको मृत्यु, २ जना घाइते, ८ जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने ८ जना अझै बेपत्ता छन्।** प्रहरीले बेपत्ता भएका व्यक्तिहरूको पहिचानसमेत खुलाएको छ। पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन […]
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते र १० जना बेपत्ता भएका छन्। बुधबार राति करिब ८:४० बजे माथिबाट अचानक खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएको प्रहरीले जनाएको छ। घटनाको […]
सर्लाहीमा स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो। प्रहरीका अनुसार स्कुटरको डिकी, विभिन्न भाग तथा […]
रौतहटमा नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये दुईको शव भेटियो, एक अझै बेपत्ता

रौतहट । लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ भने एक बालिका अझै बेपत्ता रहेकी छन्। देवाही गोनाही नगरपालिका–२, लक्षमिनिया टोल नजिकै मंगलबार दिउँसो करिब २ बजे नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं […]
जापान पठाउने प्रलोभन देखाउँदै ११५ जनाबाट २ करोड ८० लाख असुली, कन्सल्टेन्सीका CEO पक्राउ

काठमाडौं । जापान पठाइदिने भन्दै ठूलो रकम असुलेर ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनी Gatsby International Pvt. Ltd. का CEO रहेको प्रहरीले जनाएको छ। वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा बुढाथोकीलाई २०८३ […]
वीरगन्जमा १६.५७ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार कृष्णा प्रणामी चोक नजिकैको सडकमा शंकास्पद अवस्थामा रहेका भारत, मोतिहारीको पटोका श्रीपुर ग्राम पञ्चायत–१ निवासी डोमा पासवानका छोरा अन्दाजी २५ वर्षीय शत्रुधन पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पासवानको शरीर खानतलासी गर्ने […]
चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

चितवन । खैरहनी नगरपालिका–१ शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। सोमबार बिहान महोत्तरीबाट काठमाडौंका लागि जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले शाहीचोक क्षेत्रमा एक पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पुर्याएको थियो। […]
कपिलवस्तुमा पेस्तोल बोकेर हिँडिरहेका तीन युवक पक्राउ

कपिलवस्तुको विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट प्रहरीले पेस्तोलसहित तीन जना युवालाई पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका–८, बहादुरगन्ज क्षेत्रमा स्थानीयवासीलाई डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो। खोजीका क्रममा विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५, डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर […]