२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

वीरगन्जमा १६.५७ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।   आइतबार कृष्णा प्रणामी चोक नजिकैको सडकमा शंकास्पद अवस्थामा रहेका भारत, मोतिहारीको पटोका श्रीपुर ग्राम पञ्चायत–१ निवासी डोमा पासवानका छोरा अन्दाजी २५ वर्षीय शत्रुधन पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।   प्रहरीका अनुसार पासवानको शरीर खानतलासी गर्ने […]

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

चितवन । खैरहनी नगरपालिका–१ शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।   सोमबार बिहान महोत्तरीबाट काठमाडौंका लागि जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले शाहीचोक क्षेत्रमा एक पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पुर्‍याएको थियो। […]

कपिलवस्तुमा पेस्तोल बोकेर हिँडिरहेका तीन युवक पक्राउ

कपिलवस्तुको विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट प्रहरीले पेस्तोलसहित तीन जना युवालाई पक्राउ गरेको छ।   कृष्णनगर नगरपालिका–८, बहादुरगन्ज क्षेत्रमा स्थानीयवासीलाई डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो। खोजीका क्रममा विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।   पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५, डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर […]

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गरेको आरोपमा गोकर्णेश्वरबाट एक जना पक्राउ

काठमाडौं — वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन्। उनलाई गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट २०८३ साउन २४ गते पक्राउ गरिएको हो।   प्रहरीका अनुसार दुलालविरुद्ध वैदेशिक रोजगारसम्बन्धी ठगीको आरोपमा वैदेशिक रोजगार विभागबाट पक्राउ […]

सोलुखुम्बुमा चक्कु प्रहार गरी हत्या, एक युवक पक्राउ

सोलुखुम्बु — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११, गन्जेडाँडामा एक पुरुष घरभित्रै मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।   प्रहरीका अनुसार मृतक स्थानीय ४६ वर्षीय तोईबहादुर कटवाल हुन्। घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका हुन्।   प्रारम्भिक अनुसन्धानमा कार्कीले मदिरा सेवन गरेको अवस्थामा कटवालसँग विवाद भएको र […]

बानेश्वरमा १ करोडभन्दा बढीको क्रिप्टो कारोबार, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरबाट प्रहरीले अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।   प्रहरीका अनुसार साउन २१ गते राति करिब ९ बजे काठमाडौं महानगरपालिका–१०, बानेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई चेकजाँच गर्ने क्रममा अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिइएको हो।   अनुसन्धानका […]

झापामा ५३.४४० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–८ बाट प्रहरीले ५३.४४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।   लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सिटी सफारीभित्र बसेर लागुऔषध खैरो हेरोइनको खरिद–बिक्री भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।   पक्राउ पर्नेमा मेचीनगर–११ का २३ वर्षीय सोमनाथ राजवंशी र मोरङको पथरी शनिश्चरे–५ का २४ वर्षीय गणेश […]

विराटनगरमा १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

विराटनगर ।मोरङको विराटनगर महानगरपालिका–१५ बाट ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।   लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न समूहको निगरानी गर्ने क्रममा बिक्रीका लागि खैरो हेरोइन बोकेर हिँडेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको हो।   प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय महमद […]

सुनसरीमा ४१८ किलो गाँजा बरामद, चार जना पक्राउ

सुनसरी — सुनसरीको बराहक्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।   प्रहरीका अनुसार २०८३ साउन २३ गते बिहान करिब ५ः३० बजे बराहक्षेत्र नगरपालिका–१ गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागुऔषध ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो।   उक्त सूचनाका […]

शिकार खेल्न जंगल पुगेका सल्यानका टोपबहादुर गोली लागेर मृत, ६ जना पक्राउ

सल्यान — सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको छ। घटनापछि उनीसँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।   प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा उक्त घटना भएको हो। कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगर […]