क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गरेको आरोपमा गोकर्णेश्वरबाट एक जना पक्राउ

काठमाडौं — वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन्। उनलाई गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट २०८३ साउन २४ गते पक्राउ गरिएको हो। प्रहरीका अनुसार दुलालविरुद्ध वैदेशिक रोजगारसम्बन्धी ठगीको आरोपमा वैदेशिक रोजगार विभागबाट पक्राउ […]
सोलुखुम्बुमा चक्कु प्रहार गरी हत्या, एक युवक पक्राउ

सोलुखुम्बु — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११, गन्जेडाँडामा एक पुरुष घरभित्रै मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मृतक स्थानीय ४६ वर्षीय तोईबहादुर कटवाल हुन्। घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानमा कार्कीले मदिरा सेवन गरेको अवस्थामा कटवालसँग विवाद भएको र […]
बानेश्वरमा १ करोडभन्दा बढीको क्रिप्टो कारोबार, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरबाट प्रहरीले अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २१ गते राति करिब ९ बजे काठमाडौं महानगरपालिका–१०, बानेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई चेकजाँच गर्ने क्रममा अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिइएको हो। अनुसन्धानका […]
झापामा ५३.४४० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–८ बाट प्रहरीले ५३.४४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सिटी सफारीभित्र बसेर लागुऔषध खैरो हेरोइनको खरिद–बिक्री भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मेचीनगर–११ का २३ वर्षीय सोमनाथ राजवंशी र मोरङको पथरी शनिश्चरे–५ का २४ वर्षीय गणेश […]
विराटनगरमा १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

विराटनगर ।मोरङको विराटनगर महानगरपालिका–१५ बाट ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न समूहको निगरानी गर्ने क्रममा बिक्रीका लागि खैरो हेरोइन बोकेर हिँडेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय महमद […]
सुनसरीमा ४१८ किलो गाँजा बरामद, चार जना पक्राउ

सुनसरी — सुनसरीको बराहक्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार २०८३ साउन २३ गते बिहान करिब ५ः३० बजे बराहक्षेत्र नगरपालिका–१ गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागुऔषध ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो। उक्त सूचनाका […]
शिकार खेल्न जंगल पुगेका सल्यानका टोपबहादुर गोली लागेर मृत, ६ जना पक्राउ

सल्यान — सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको छ। घटनापछि उनीसँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा उक्त घटना भएको हो। कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगर […]
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई तत्काल पक्राउ नगर्न निर्देशन

काठमाडौं । स्मार्ट टेलिकमको धितो सम्पत्ति लिलामी प्रक्रियासम्बन्धी विवादमा सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालकहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा जिल्ला अदालत काठमाडौंले बैंकका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि बैंक अध्यक्षसहितका पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। […]
भेडेटारमा ठूलो लागूऔषध बरामद ट्रकबाट ६४७ केजी गाँजा फेला, चालक–सहचालक पक्राउ

धनकुटा ।धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान करिब ५:३० बजे विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई शंकाको आधारमा रोकि चेकजाँच गर्दा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको […]
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ

चितवन l चितवनको इच्छाकामना गाउँपालिका–५ क्षेत्रबाट प्रहरीले चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर जाँच गर्दा उनीहरूले बोकेको झोलाबाट पहेँलो टेपले बेरिएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ बरामद गरेको हो। पक्राउ पर्नेमा मकवानपुरको थाहा […]