इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई तत्काल पक्राउ नगर्न निर्देशन

काठमाडौं । स्मार्ट टेलिकमको धितो सम्पत्ति लिलामी प्रक्रियासम्बन्धी विवादमा सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालकहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा जिल्ला अदालत काठमाडौंले बैंकका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि बैंक अध्यक्षसहितका पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। […]
भेडेटारमा ठूलो लागूऔषध बरामद ट्रकबाट ६४७ केजी गाँजा फेला, चालक–सहचालक पक्राउ

धनकुटा ।धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान करिब ५:३० बजे विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई शंकाको आधारमा रोकि चेकजाँच गर्दा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको […]
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ

चितवन l चितवनको इच्छाकामना गाउँपालिका–५ क्षेत्रबाट प्रहरीले चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर जाँच गर्दा उनीहरूले बोकेको झोलाबाट पहेँलो टेपले बेरिएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ बरामद गरेको हो। पक्राउ पर्नेमा मकवानपुरको थाहा […]
गोरखामा पहिरोको कहर पेट्रोल पम्पमा ठूलो क्षति, एक घर पूर्ण रूपमा ध्वस्त

गोरखा । अविरल वर्षापछि बिहीबार बिहान गोरखा जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले भौतिक संरचनामा क्षति पुर्याएको छ। गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित गोरखकाली फ्युल सेन्टरमा खसेको पहिरोले पेट्रोल पम्पको डिस्पेन्सर मेसिन तथा पार्किङमा रहेका पाँच वटा मोटरसाइकलमा क्षति पुगेको हो। प्रहरीका अनुसार पेट्रोल पम्पको पछाडितर्फको उचाइबाट लेदोसहितको पहिरो खसेपछि उक्त क्षति भएको हो। घटनापछि प्रहरी टोली […]
मकवानपुरमा तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्यो, एक जनाको मृत्यु

हेटौंडा | मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित हुँदा करिब […]
नेपालगञ्जमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको दुःखद मृत्यु

नेपालगञ्ज, बाँके | बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टा मा भएको दुर्घटनामा दुई जना मजदुरको मृत्यु भएको छ। साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल एक्कासि भत्किँदा ५२ वर्षीय वर्षादी लोध घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए। सोही दुर्घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए। […]
नेपालगञ्जमा ठूलो मात्रामा खैरो हेरोइन बरामद, दुई जना पक्राउ

नेपालगञ्ज। बाँकेको नेपालगञ्जबाट प्रहरीले करिब ५७८.९५० ग्राम खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रारम्भिक रूपमा दुई जनाबाट १५३.९५० ग्राम खैरो हेरोइन बरामद भएको थियो। त्यसपछि थप अनुसन्धानका क्रममा एक जनाको घरमा खानतलासी गर्दा ४२५ ग्राम […]
भेरी अस्पतालमा ‘BITE Registry’ सुरु जनावरको टोकाइ र विषालु जीवजन्तुका घटना अब डिजिटल अभिलेखमा

नेपालगञ्ज। भेरी अस्पतालले जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु जीवजन्तुसँग सम्बन्धित घटनाको तथ्यांक व्यवस्थित रूपमा संकलन र विश्लेषण गर्न ‘BITE Registry’ सञ्चालनमा ल्याएको छ। अस्पतालको विद्युतीय स्वास्थ्य अभिलेख (EHR) प्रणालीसँग जोडिएको BUILD प्लेटफर्ममार्फत अब यस्ता घटनाको सम्पूर्ण विवरण डिजिटल रूपमा अभिलेख गरिनेछ। यस प्रणालीमा बिरामीको विवरण, चोटको अवस्था, उपचार प्रक्रिया, Anti-Rabies Vaccine (ARV), Rabies […]
तीनतले घर बग्यो एक जना घाइते

गोरखा। लगातारको वर्षापछि आएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको एक तीनतले घर पूर्णरूपमा बगाएको छ। पहिरोका कारण घरमा बस्दै आएका एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार मानसिं गुरुङको घर जगसहित भासिएर करिब २० मिटर तल खसेपछि पूर्ण रूपमा क्षति पुगेको हो। घटनाका बेला घरमा डेरा गरी बसिरहेका रौतहटका ५८ वर्षीय तोखान महतो घाइते […]
मधेश घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिनका लागि सरकारले तत्काल न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। आज बसेको संसदीय दलको बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र र प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। साथै, […]