२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गरेको आरोपमा गोकर्णेश्वरबाट एक जना पक्राउ

काठमाडौं — वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन्। उनलाई गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट २०८३ साउन २४ गते पक्राउ गरिएको हो।

 

प्रहरीका अनुसार दुलालविरुद्ध वैदेशिक रोजगारसम्बन्धी ठगीको आरोपमा वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो। उनले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जना पीडितबाट ३७ लाख रुपैयाँ लिएको आरोप छ।पक्राउपछि दुलाललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर