२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

झापामा ५३.४४० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–८ बाट प्रहरीले ५३.४४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

 

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सिटी सफारीभित्र बसेर लागुऔषध खैरो हेरोइनको खरिद–बिक्री भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा मेचीनगर–११ का २३ वर्षीय सोमनाथ राजवंशी र मोरङको पथरी शनिश्चरे–५ का २४ वर्षीय गणेश चौधरी रहेका छन्।

 

प्रहरीले उनीहरूको साथबाट ५३.४४० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र प्र१–०१–००२ ह ३५६९ नम्बरको सिटी सफारी बरामद गरेको जनाएको छ।

 

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर