२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

सोलुखुम्बुमा चक्कु प्रहार गरी हत्या, एक युवक पक्राउ

सोलुखुम्बु — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११, गन्जेडाँडामा एक पुरुष घरभित्रै मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

 

प्रहरीका अनुसार मृतक स्थानीय ४६ वर्षीय तोईबहादुर कटवाल हुन्। घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका हुन्।

 

प्रारम्भिक अनुसन्धानमा कार्कीले मदिरा सेवन गरेको अवस्थामा कटवालसँग विवाद भएको र विवादका क्रममा आवेगमा आएर चक्कु प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

 

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर