२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

विराटनगरमा १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

विराटनगर ।मोरङको विराटनगर महानगरपालिका–१५ बाट ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

 

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न समूहको निगरानी गर्ने क्रममा बिक्रीका लागि खैरो हेरोइन बोकेर हिँडेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको हो।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय महमद हुसेन रहेका छन्।

 

उनको साथबाट १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका हुसेनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर