२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

सुनसरीमा ४१८ किलो गाँजा बरामद, चार जना पक्राउ

सुनसरी — सुनसरीको बराहक्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

 

प्रहरीका अनुसार २०८३ साउन २३ गते बिहान करिब ५ः३० बजे बराहक्षेत्र नगरपालिका–१ गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागुऔषध ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो।

 

उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।

 

जाँचका क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको अवस्थामा ४१८ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

 

बरामद पदार्थसँगै प्रहरीले दुवै सवारीसाधन र त्यसमा रहेका चार जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जिबनी राई, मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र सोही स्थानका ३८ वर्षीय शंकर चौधरी रहेका छन्।

 

प्रहरीले बरामद गाँजा, सवारीसाधन तथा पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर