२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

कागेश्वरी मनोहराबाट ३२.५८० ग्राम खैरो हेरोइन बरामद, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट प्रहरीले ३२.५८० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले नगद ४ लाख रुपैयाँ, डिजिटल तराजु र मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।

 

लागुऔषध कारोबारमा संलग्न हुन सक्ने व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट परिचालित प्रहरी टोलीले भदौ २ गते उनीहरूलाई पक्राउ गरेको हो।

 

प्रहरीका अनुसार खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा दोलखाको शैलुङ नगरपालिका–८ का २५ वर्षीय सविन कार्की र सप्तरीको शम्भुनाथ नगरपालिका–७ का ४१ वर्षीय अजय दास पक्राउ परेका हुन्।

 

प्रहरीले उनीहरूको साथबाट ३२.५८० ग्राम खैरो हेरोइन, नेपाली नगद ४ लाख रुपैयाँ, दुई थान डिजिटल तराजु र दुई थान मोबाइल फोन बरामद गरेको छ।

 

पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

 

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर