काठमाडौं — गत शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।
गत साता लगातार पाँच दिनमा सुनको मूल्य २४ हजार २ सय रुपैयाँले बढेको थियो। त्यसपछि शुक्रबार ४ हजार ६ सय रुपैयाँ घटेपछि सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७ सय १० रुपैयाँ पुगेको छ।
यसअघि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो। माघ १५ गते एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। उक्त मूल्य अहिलेसम्मकै उच्च हो।
चाँदीको हकमा पनि माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो।








