२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

विद्यालयबाट घर फर्किने क्रममा बाढीमा परेकी सुमित्राको शव आज बिहान भेटियो

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा फेला परेको छ।

 

मंगलबार साँझ विद्यालयबाट घर फर्किने क्रममा सुमित्रासहित चार जना बालिका अचानक खहरेमा आएको बाढीमा बगेका थिए। त्यसपछि सुरक्षाकर्मीको टोलीले उनीहरूको खोजी तथा उद्धार अभियान सञ्चालन गर्दै आएको थियो।

 

खोजीमा खटिएको सुरक्षाकर्मीको टोलीले सुमित्राको शव आज बिहान राप्ती खोलामा फेला पारेको हो।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार बाढीमा बगेका तीन जना बालिकाको मृत्यु भएको छ। उनीहरूमध्ये एक बालिका भने बाढीले किनारातर्फ बगाएपछि ज्यान जोगाउन सफल भएकी छन्।

 

घटनापछि सम्बन्धित निकायले बाढी तथा खहरे आसपासका क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर