२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

अछाममा अटो दुर्घटना ४८ वर्षीय पुरुषको मृत्यु

मंगलसेनमा ओरालोमा अनियन्त्रित भएको अटो सडकमा पल्टिँदा एक जनाको ज्यान गएको छ।

 

अछामको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा मंगलसेन नगरपालिका–३ लाछीमानाका ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो।

 

प्रहरीका अनुसार २०८३ साउन ३० गते बिहान करिब ११:३० बजे लाछीमानाबाट मंगलसेनतर्फ आउँदै गरेको सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

 

दुर्घटनामा अटोमा सवार बोगटी घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो। उपचारकै क्रममा दिउँसो १:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

 

दुर्घटनामा संलग्न अटो र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर