नेपालगन्ज । लियो जिल्ला परिषद् ३२५ एन नेपालको जिल्ला अध्यक्षमा सिद्धार्थ कायस्थ निर्वाचित भएका छन् ।
महेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनबाट वर्ष २०२५/०२६ का लागि नेपालगन्जका सिद्दार्थ कायस्थ जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
निर्वाचित भएका कायस्थ पश्चिम् नेपालका लगभग २४ जिल्लालाई नेतृत्व गर्नेछन ।
शतप्रतिशत भोट ल्याएर जिल्ला अध्यक्षमा निर्वाचित हुने कायस्थ पहिलो अध्यक्ष हुन ।
कायस्थ पहिले देखि नै लियोको विभिन्न जिम्मेवारिमा रहि काम गर्दै आएका थिए ।
त्यस्तै उपाध्यक्षमा कैलाली की कल्पना तिमिल्सिना र सचिवमा बसन्त बस्नेत निर्वाचित भएका छन् ।








