२०८२ कार्तिक २४ सोमबार

डुडुवामा एकिकृत पाठ्यक्रम सम्बन्धी कष्टमाइज तालिम सुरु

डुडुवा (बाँके)। बाँकेको डुडुवा गाउँपालिकामा कक्षा (१-३) एकीकृत पाठ्यक्रम सम्बन्धी कष्टमाइज तालिम आजबाट शुरु भएको छ ।

आधारभुत तह (कक्षा १ – ३) पाठयक्रम २०७६ अनुसार आधारभुत तह कक्षा १ – ३ मा अध्यापन गर्ने शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज तालिम दिन लागिएको डुडुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सञ्जय कुमार कर्णले बताउनु भयो ।

कक्षामा शिक्षक प्रवेश हुनु पूर्व पढाउनु पर्ने विषयका बारेमा एकीकृत पाठ्यक्रमले तोकेको मापदण्ड अनुसार नै शिक्षण कार्य गर्ने समेत जानकरी गराउनु भयाे ।

https://moecdc.gov.np/storage/gallery/1675748383.pdf

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर