२०८२ फाल्गुन ३० शनिबार

प्रतिष्ठाको लडाइँ : अटो शोमा नाडा र नाइमाबिच कडा टक्कर

काठमाडौँ । अटो शोमा दुई संस्थाबिच कडा टक्कर देखिएको छ । अटो शोको १५औँ संस्करणसम्म अटोमोबााइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले एक छत्रराज गरिरहेको थियो । 

तर यो वर्षदेखि नाडाबाट टुक्रिएर बनेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले नाडाभन्दा पहिल्यै ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ गर्न लागेको छ । अटो क्षेत्रका दुई संस्थाबिच कुन अटो शोलाई प्रभावकारी बनाउने भन्ने कडा प्रतिस्पर्धा चलेको छ । यतिवेला यी दुई ठुला प्रतिस्पर्धी अटो व्यवसायी शोको तयारीमा व्यस्त छन् । र नयाँ ब्रान्डका गाडी ल्याउन र सार्वजनिकमामा पनि जोडतोडले लागिपरेका छन् । 
 
 
नाडाले गर्न लागेको १६ औँ सस्करण र नाइमाको पहिलो अटो शोमध्ये कुनले ग्राहकको बढी ध्यान तान्छ, त्यसमा धेरैको चासो छ । नाडा र नाइमा दुवै संस्थामा आबद्ध अटो व्यवसायीहरू आफू सहभागी हुने अटो शोमा बढीभन्दा बढी ग्राहकलाई कसरी आकर्षित गराउने भनी नयाँ–नयाँ गाडी सार्वजनिक गर्ने दौडमा छन् । 

अटो शोमा नेपालमा नभित्रिएका नयाँ एडभान्स्ड गाडी सर्वसुलभ मूल्यमा कसरी दिन सकिन्छ भन्नेमा पनि टक्कर देखिएको छ ।  नाडाका अध्यक्ष करण चौधरीले आफूहरूको शो प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन हुने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले मोबिलिटीमा यति छिटो परिवर्तन गर्छ भन्ने कसैले नसोचेको बताए । ‘तर हामीले यसमा ठुलो फड्को मारेका छौँ,’ उनले भने, ‘यहीँ कुरालाई मध्यनजर गर्दै यस वर्षको नाडा अटो शोमा प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन ढंगमा प्रदर्शन हुनेछ ।’ 

नाडाले गर्न लागेको यो वर्षको अटो शोबाट आफूले अटो क्षेत्रको वास्तविक ओज देखाउन चाहेको उल्लेख गरे । र विगतका तुलनामा यस वर्षको नाडा अटो शोमा आमूल परिवर्तन र प्रविधिकको प्रयोग देख्न पाइने पनि दाबी गरे । 

अहिलेसम्मकै ठुलो अटो शो हुने दुवैको दाबी 

नाइमाले बुधबारदेखि गर्न लागेको र नाडाले भदौ ३ देखि गर्न लागेको शोलाई दुवैले अहिलेसम्मकै ठुलो अटो शो हुने दाबी गरेका छन् । नाडाका अध्यक्ष चौधरीले यस पटकको नाडा अटो शो केवल चाड मात्र नभए भविष्यको दूरदर्शी सोचलाई अँगाल्ने एक अवसर भएको उल्लेख गरे । ‘गत वर्ष मैले नाडा अटो शोबाट अटोमोबाइल क्षेत्रको भविष्यको दृष्टिकोण प्रस्तुत गर्ने बाचा गरेको थिएँ । यस पटक नाडाले यहाँहरूलाई मोबिलिटी, भविष्य र प्रविधिको वास्तविक अर्थ अनुभव गराउँछ,’ उनले दाबी गरे । र केही फरक ढंगले यसपटक शो आयोजना गर्न लागिएको उनले बताए । 

naima

नाडा अटो शो हुने कुल क्षेत्रफल ३ लाख स्क्वायर फिटभन्दा बढी रहेको र प्रदर्शनीस्थल पनि १ लाख ५९ हजार स्क्वायर फिटभन्दा बढीको रहेको उनले उल्लेख गरे । त्यस्तै नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले पनि नेपालमा अहिलेसम्मकै ठुलो र प्रभावकारी एक्स्पो गर्न लागेको दाबी गरिन् । विगतमा हुने अटो शोभन्दा विल्कुल फरक हुने उनको भनाइ छ । र यसले अटो क्षेत्रको भविष्य उन्नत गराउने उनले दाबी गरिन् । 

६७ भन्दा बढी नयाँ गाडी लन्च, १०० भन्दा धेरै ब्रान्ड 

दुवै अटो शोमा विभिन्न ब्राण्डका ६७ भन्दा बढी गाडी लन्च हुने भएका छन् । दुवै अटो शोमा नेपालमा पुराना नाम चलेका कम्पनी र ईभी गाडीहरू लन्च हुने बताइएको छ । नाइमाको एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन लञ्च गरिने तयारीमा गरिएको छ । 

एक्स्पोमा चारपांग्रेतर्फ बीवाईडी, एमजी, हुन्डाई, केई, टोयोटा, किया, लीपमोटर, सिट्रोन, फोरर्थिङ, ओमोडारजेको, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविसी, निसान, प्युजो, प्रोटोन, रेनो, जीकर ब्रान्ड र फस्कवागेन देख्न पाइने नाइमाले जनाएको छ । 

नाइमाका अनुसार दुई पांग्रेतर्फ होन्डा, सुजुकी, एम्पियर, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, बजाज, बेनिली, सेगवे–नाइनबोट, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी एथर, सीएफ मोटो, गोगोरो, रोयल इन्फिल्ड र जीहो प्रदर्शनीमा राखिने छन् । 

त्यस्तै कमर्सियलतर्फ डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ चेरी वान्डा, र सनलङलाई पनि प्रदर्शनीमा देख्न पाइनेछ । नाइमाले सांग्रिला मोटर्सले ‘बी १०’ ल्याएको छ । शारडा ग्रुपले ‘जेको भी २३’ र ‘जेको जे ५’ ल्याउन लागेको छ । 

nada

यी दुवै अटो शोमा प्रदर्शनी हुने चार वटा प्रिमियम इलेक्ट्रिक कारबिच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा महिन्द्राको एक्सड्भी ९ ई, बीवाईडी सिलायन–७, एमजी आईएम–६ र टाटाको ह्यारियर इभीबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै, नाडा अटो शोमा १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यवसायिक सवारी साधनका ब्रान्डहरू र ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिने भएको छ । 

अध्यक्ष चौधरीले नाडा अटो शोमा ३५ वटा कम्पनीहरू (लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) सहभागी हुने बताए । उनले एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको जानकारी दिए । 

नाडा अटो शोमा फ्लाइङ कारदेखि अटोनोमस रोबर्ट प्रदर्शनीमा

नाडा अटो शो २०२५ मा फ्लाइङ कारदेखि अटोनोमस रोबर्ट पनि देख्ख पाइने भएको छ। नाडाका अनुसार फ्लाईङ कार प्रदर्शनीमा राखिने जानकारी दिएको छ । उक्त फ्लाइङ कार नाडा अटो शोको मुख्य प्रायोजक एमएडब्ल्यूल प्रदर्शनीमा राख लागेको नाडाले जनाएको छ ।

यो फ्लाइङ कार चांगनको डिपल इभ्टोल यूएभी हो । जसले सहरी हवाई मोबिलिटीलाई सहज बनाउने केही झल्को दिने पनि नाडा अध्यक्ष चौधरीले बताए । उनले चांगन अटोमोबाइलले अर्बन एयर मोबिलिटी प्रविधिहरूमा काम गरेको कम्पनी इह्याङगसँगको साझेदारीमा फ्लाइड कार विकास गरिरहेको उल्लेख गरे । 

यस्तै युनिट्रीको रोबर्ट पनि नाडामा देख्न पाइने भएको छ । जसमा उक्त रोबर्ट चारपांग्रे अटोनोमस रहेको छ। यसले फ्युचर मोबिलिटीलाई ड्राइभ गर्ने नाडाले जनाएको छ । प्रमियम बाडक ब्रान्ड हार्ले डेविड्सन पनि नाडा अटो शोमा देख्न पाइनेछ । र १ लाखभन्दा बढीले शो अवलोकन गर्ने अपेक्षा नाडाको छ। 

चार पांग्रेतर्फ डिपल, अवतार, डोङफेड नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयोन, एक्सपेड, रिडारा, स्काइवेल, बीवाईडी, फोटोन, आइएडब्ल्यू ब्रम्बी, जेवाई एयर, बिलाभल, एलएस अटो र जिङपेड गरी १८ वटा स्टल राखिने निश्चित भएको छ । 

दुई पाङग्रेतर्फ हिरो, रोयल इन्फिल्ड, जोनसन र यामाहाले स्टल राख्नेछन् । लाइट कमर्सियल भेहिकलमा न्यु जोनाउ, डीएफएसके, डोडफेड, कामा, फोटोन, सोकोन, सीजी केवाइसी/किडलङ, मोन्ट्रा, स्काइवर्थ, काइन्यु, केवाड़/नाभिको र सुनलङ ब्रान्डका १३ वटा स्टल रहनेछन् ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर