२०८३ श्रावण १२ मंगलवार
[the_ad id="6228"]

देवानगञ्ज घटनापछि विराटनगरका विद्यालय बन्द, सुरक्षा व्यवस्था कडा

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको झडपपछि सिर्जिएको तनावको प्रभाव विराटनगरसम्म पुगेको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेजले पठनपाठन स्थगित गरेका छन्।   आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। त्यसपछि सोमबार विराटनगरमा विरोध प्रदर्शनसमेत भएको […]

मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो, दुईतर्फी सवारी आवागमन ठप्प

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकको खहरे खोलामा सुख्खा पहिरो खसेपछि सडक दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको छ।   मंगलबार बिहान करिब ८:५० बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो। पहिरो हटाउन आवश्यक उपकरणसहित प्राविधिक टोली परिचालन गरिएको छ।   सडक खुलाउने काम तीव्र गतिमा अघि बढाइएको र करिब डेढ घण्टाभित्र आवागमन पुनः […]

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजार ४४७ विदेशी पर्यटक नेपाल प्रवेश, भुटानी आगन्तुक सबैभन्दा धेरै

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टा नाका हुँदै ९ हजार ४४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार सो अवधिमा दैनिक औसत २६ जना विदेशी नागरिक यही नाका प्रयोग गरेर नेपाल आएका हुन्। भारतका नागरिकलाई भिसा आवश्यक नपर्ने भएकाले उनीहरूको विवरण यस तथ्यांकमा समावेश गरिएको छैन।   कार्यालयको […]