सामाजिक सद्भावका लागि रवि लामिछाने सक्रिय, धार्मिक अगुवासँग उच्चस्तरीय छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धर्मका अगुवासँग संवाद सुरु गरेका छन्। शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा उनले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्। त्यसपछि विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग […]
प्रधानमन्त्री बालेनले भने – संघीयता विरोधी होइन, संघीयतालाई अझ सुदृढ बनाउन चाहन्छु’

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू संघीयता विरोधी नभई संघीय व्यवस्थालाई अझ प्रभावकारी र बलियो बनाउन पक्षमा रहेको स्पष्ट पारेका छन्। सिंहदरबारमा मधेशकेन्द्रित दलका नेताहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री बालेनले आफ्नो अभिव्यक्तिलाई लिएर गलत सन्देश गएको स्वीकार गर्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्। उनका अनुसार संघीयताले दिएको अधिकारको पूर्ण रूपमा प्रयोग हुनुपर्नेमा जोड […]
जयनगर–जनकपुर–भंगहा रेल सेवा अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषा जिल्लामा लागू गरिएको कर्फ्यु आदेशको प्रत्यक्ष प्रभाव रेल सेवामा पनि परेको छ। यात्रुको सुरक्षा प्राथमिकतामा राख्दै जयनगर–जनकपुर–भंगहा रेलखण्डमा सञ्चालन हुँदै आएको रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेश कायम रहुञ्जेल […]
कप्तानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ७ बुँदे सहमति, शहीद घोषणा र १० लाख राहतको प्रतिबद्धता

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद् घटनापछि पीडित परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ। सम्झौताअनुसार सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सहमतिअनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि […]
कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई जनही १० लाख राहत, सहिद घोषणा गर्न सरकारसमक्ष माग

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका दुई जनाका परिवारलाई गाउँपालिकाले जनही १० लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई उक्त राहत दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरेले जानकारी दिएका छन्। घटनामा ओमप्रकाश […]