काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धर्मका अगुवासँग संवाद सुरु गरेका छन्।
शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा उनले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्। त्यसपछि विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छुट्टै छलफल गरेका छन्।
छलफलका क्रममा सुनसरी, सिराहा लगायतका विभिन्न स्थानमा देखिएको तनाव र प्रदर्शनलाई शान्तिपूर्ण रूपमा अन्त्य गर्न सबै समुदायले संयमता अपनाउनुपर्नेमा जोड दिइएको थियो। लामिछानेले धार्मिक अगुवाहरूलाई सामाजिक सद्भाव, आपसी विश्वास र शान्तिको सन्देश फैलाउन आग्रह गरेका छन्।








