२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई तत्काल पक्राउ नगर्न निर्देशन

काठमाडौं । स्मार्ट टेलिकमको धितो सम्पत्ति लिलामी प्रक्रियासम्बन्धी विवादमा सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालकहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा जिल्ला अदालत काठमाडौंले बैंकका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि बैंक अध्यक्षसहितका पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। […]

भेडेटारमा ठूलो लागूऔषध बरामद ट्रकबाट ६४७ केजी गाँजा फेला, चालक–सहचालक पक्राउ

धनकुटा ।धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।   बिहीबार बिहान करिब ५:३० बजे विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई शंकाको आधारमा रोकि चेकजाँच गर्दा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको […]

चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ

चितवन l चितवनको इच्छाकामना गाउँपालिका–५ क्षेत्रबाट प्रहरीले चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।   प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर जाँच गर्दा उनीहरूले बोकेको झोलाबाट पहेँलो टेपले बेरिएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ बरामद गरेको हो।   पक्राउ पर्नेमा मकवानपुरको थाहा […]

गोरखामा पहिरोको कहर पेट्रोल पम्पमा ठूलो क्षति, एक घर पूर्ण रूपमा ध्वस्त

गोरखा । अविरल वर्षापछि बिहीबार बिहान गोरखा जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले भौतिक संरचनामा क्षति पुर्‍याएको छ। गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित गोरखकाली फ्युल सेन्टरमा खसेको पहिरोले पेट्रोल पम्पको डिस्पेन्सर मेसिन तथा पार्किङमा रहेका पाँच वटा मोटरसाइकलमा क्षति पुगेको हो।   प्रहरीका अनुसार पेट्रोल पम्पको पछाडितर्फको उचाइबाट लेदोसहितको पहिरो खसेपछि उक्त क्षति भएको हो। घटनापछि प्रहरी टोली […]